Like us!
Follow us!
Connect us!
Watch us!
अन्तर्वार्ता

" गर्भनर निलम्बन गर्नु गलत,अर्थतन्त्रका समग्र पक्ष बुुझ्ने व्यक्तिलाई अर्थमन्त्रालयको नेतृत्व दिनुपर्छ "

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, ०९ : ५३ मा प्रकाशित

स्थानिय तहको निर्वाचनलाई लिएर कतीपयमा आशंका गरीरहेका भएपनि अर्थ राजनितीक विश्लेषक प्रा.डा.अच्युत वाग्ले तोकीएको समयमै निर्वाचन हुनेमा ढुक्क रहेको बताउँछन् । सत्तारुढ गठबन्धनले निवार्चनमा तालमेल गर्ने निर्णय गरीसकेकाले र प्रमुख विपक्षी नेकपा एमालेले पनि गठबन्धन निमार्णको प्रकृया थालिसकेकाले यसमा सशंकित हुन आवश्यक नभएको उनको भनाई छ । अर्थ राजनितीक विश्लेषक प्रा.डा.अच्युत वाग्लेले मुलुकमा औद्योगीक उत्पादन निकै घटेको बताएका छन् । ओद्योगीक वस्तुहरुको उत्पादन नगन्य मात्रामा मात्रै नेपालमा भईरहेको र उत्पादन भएका वस्तुमा पनि कच्चा पर्दाथ विदेशबाट आयात भएको प्रा.डा. वाग्लेको भनाई छ ।

देशमा बेरोजगारी, पूँजीगत खर्चमा कमी, बढदो राष्ट्रीय ऋण, ब्यापार घाटा, रेमिट्यान्स माथीको अधिक निर्भरता, राज्यको घट्दो विश्वसनियता र वैदेशिक मुद्धाको कम संचिती पनि अहिलेको समयमा ठुला समस्याका रुपमा रहेको अर्थ राजनितीक विश्लेषक प्रा.डा.अच्युत वाग्लेको दावी छ । उनका अनुसार नेपाल वैदेशिक मुद्राको लागी रेमिट्यान्समा निर्भर रहेपनि पछिल्लो समय रेमिट्यान्स औपचारीक बैंकिङ माध्यम भन्दा बढी हुन्डीबाट आईरहेको र कतिपय अवस्थामा त नेपाली पैसामा नसाटीईकनै डलर फिर्ता भईरहेको छ ।

सरकारले विलासीताका वस्तुहरुको कटौति गरेर डलरको संचितीलाई यथावत राख्ने भनेपनि यसबाट राजस्वमा पर्ने प्रभावबारे ध्यान दिन नसकेको उनले बताए । प्रा.डा. वाग्लेका अनुसार अर्थतन्त्रका समग्र पक्षलाई अध्ययन र अनुसंधान गरेर एवंम बुझेर निर्णय गर्ने व्यक्तीलाई  अर्थमन्त्रालयको नेतृत्व सुम्पनुपर्नेमा त्यस्तो हुन सकेको छैन । साथै राजनीतिक नेतृत्वमा अर्थतन्त्र सुधारको लागी आवश्यक दृढ इच्छाशक्तीको पनि अभाव छ ।

यस किसीमका अर्थतन्त्रसंग सम्बन्धीत समस्याहरुको निराकरणको लागी आर्थीक क्षेत्रलाई प्रत्यक्ष रुपमा प्रभावित पार्ने राज्यका निकायहरु बिच समन्वय र सहकार्य हुनुपर्नेमा त्यसो हुन नसक्नु दुखःद भएको उनको धारणा छ । प्रा.डा. वाग्लेका भनाईमा अर्थमन्त्री र गर्भनर बिच टसलको वातावरण भएपनि जटील आर्थीक स्थीतीका बीच खास कारण नदेखाई गर्भनर निलम्बन गर्नु गलत थियो । उनले यसबाट नेपाल राष्ट्र बैंकमा सरकारको ठाडो हस्तक्षेप भएको पनि उल्लेख गरे ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 


  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको