यस सातामा तीन दिन मात्र बजार खुुलेको छ। यस साता नेप्से परिसूूचक ४९ दशमलव ११ अंकले घटेर दुई हजार चार सय १५ दशमलव २५ विन्दुुमा बन्द भएको हो । अघिल्लो साताको तुलनामा तीन दशमलव १४ प्रतिशतले घटेर गत सातापरिसूूचक दुुई हजार चार सय ६४ दशमलव ३६ विन्दुुमा बन्द भएको थियो ।
यस साता २५ सयको आधार मनोवैज्ञानिक विन्दुुबाट बजार खसेको थियो भने कारोबार अन्तिम दिन बजार पुुन फर्किने प्रयासमा रहेको थियो । दुुई हजार पाँच सय आठ दशमलव ८८ सम्म उच्चतम् विन्दुुबाट पुुगेर दुुई हजार तीन सय ६७ दशमलव शून्य २ सम्मको न्युुनतम् विन्दुुबाट नेप्से फर्किन प्रयासमा देखिएको थियो । जसले गर्दा एक सय ४१ दशमलव ८६ अंकको अस्थिरता देखाएको थियो । अघिल्लो साता परिसूचकले एक सय २९ दशमलव ५७ अंकको अस्थिरता देखाएको थियो ।यस साता पाँच अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ ।
जसमा यस साता एक करोड २२ लाख कित्ता सेयर खरिद विक्रिहुँदा यतिको कारोबार भएको हो । यस हप्ता औसत कारोबार एक अर्ब ७५करोग रुपैयाँ रहेको छ । यस हप्ता सबैभन्दा धेरै गुमाउने समुहमा अन्य समुहको सुचक, जीबन बीमा समुुहको सुचक र टे«डिङ समुहको सुचकले पाँच प्रतिशतदेखि चार प्रतिशत माथिले घटेका छन् । त्यस्तै क वर्ग कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ६५प्रतिशतले घटेको छ ।जलविद्युुत समूहको सूूचकमा तीन प्रतिशत माथिले गिरावट आएको छ । त्यस्तै यस साता नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड सर्वाधिक नाफा आर्जन गरेको छ । कम्पनीले सातामा ३३ दशमलव १० प्रतिशतले नाफा आर्जन गरेको देखिन्छ । इमर्जिङ नेपाल लिमिटेडको यस साता १२ दशमलव २३ प्रतिशतले घटेको छ । हाल कम्पनीको ९सय ७६ रुपैयाँ प्रतिसेयर पुुगेको छ ।
यस साता इम्पेरियल सेक्युुरिटीज प्रा.ली लिमिटेड ४५ नम्बर ब्रोकरर सातामा सबैभन्दा बढी खरिदारकर्ता रहेको पाइएको छ । उत्त, प्रालिले २६ दशमलव ७४ करोडको स्टक सेयर खरिद गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस