Like us!
Follow us!
Connect us!
Watch us!

तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टमा सेञ्चुरी बैंकले एकल लगानी गर्ने

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १७ : २९ मा प्रकाशित

तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टमा सेञ्चुरी बैंकले एकल लगानी गर्ने

सेञ्चुरी कमर्सियल बैंकले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीकप्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ ।

प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्ट ीप्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुपरहनु भएको छ  ।

उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ । 

आधुनिक प्रविधिको माध्यमबाट देशकादुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवाप्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवाप्रदान गर्दै आइरहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको