Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १६ : ५७ मा प्रकाशित

सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता

सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।

सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम ५ लाखको मुद्दती खोल्न सक्नेछन् ।

ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयले व्यहोर्नु पर्नेछ।

व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले रु. २ लाखसम्मको निःशुल्क केडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको