Like us!
Follow us!
Connect us!
Watch us!

रुसी हमला प्रतिकार गर्न अमेरिकाले दियो युक्रेनलाई लडाकु विमान

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ११ : ४१ मा प्रकाशित

रुसी हमला प्रतिकार गर्न अमेरिकाले दियो युक्रेनलाई लडाकु विमान

रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबारको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो । तर विमानको प्रकार र संख्या खुलाइएको छैन ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनसँग दुई साताअघिको तुलनामा अझै बढी ‘फिक्स्ड विङ फाइटर एयरक्राफ्ट’ भएको जनाएको छ । रुसी सेनासँग लड्न युक्रेनलाई थप सहयोग पठाउने युरोपले पनि घोषणा गरेको छ ।

रुसले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आफ्नो सेना केन्द्रित गरेको घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विभिन्न देशसँग युद्धविमान र थप हतियारको माग गर्दै आएका छन् । 

रुसमाथि दबाब बढाउन खोजिरहेका राष्ट्रपति बाइडेनले क्यानडा, जापानसहित युरोपेली नेताहरूसँग छलफल गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको