Like us!
Follow us!
Connect us!
Watch us!

मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ११ : ४५ मा प्रकाशित

मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु

मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी  मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् । 

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरीदा उनी मोटरसाइकलबाट लडेकी थिइन् । 

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको