Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु, के-के छन् फाइदा ?

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १५ : २९ मा प्रकाशित

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु, के-के छन् फाइदा ?

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ । 

यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरि दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्छन् ।

डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम ९अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने० प्राप्त गर्दछन् ।

ग्राहकले एस्ट्रिक्स १७११८एस्ट्रिक्स१ह्यास वा एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।

बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र रु २५ मा सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१एस्ट्रिक्स६ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।

सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धता अनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको हो । यो योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको