Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर सोलु हाइड्रोले पायाे आईपीओ ल्याउन बोर्डबाट अनुमति

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १० : ३८ मा प्रकाशित

अप्पर सोलु हाइड्रोले पायाे आईपीओ ल्याउन बोर्डबाट अनुमति

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएकाे छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियाे । सेबाेनले वैशाख ७ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

6260e478b9da0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको