Like us!
Follow us!
Connect us!
Watch us!

भयावह बन्दै रुस युक्रेन युद्ध : कीभको चिहान गृहमा हजार बढी शव

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, ११ : ११ मा प्रकाशित

भयावह बन्दै रुस युक्रेन युद्ध : कीभको चिहान गृहमा हजार बढी शव

युक्रेनको राजधानी कीभमा रहेको चिहान गृहमा एक हजार २० शव राखिएको छ ।  रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् । “ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने । 

देशका विभिन्न ठाउँमा यस्तै गरी शवहरू छरिएको र सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ । रुसले युक्रेनमाथि गत फेब्रुअरी २३ मा आक्रमण गर्न थालेको हो । आक्रमणका कारण हजारौँको मृत्यु भएको, हजारौँ घाइते भएको र लाखौँ मानिस विस्थापित भएको दाबी गरिएको छ । 

त्यसैगरी धेरै भौतिक संरचनाहरूमा पनि क्षति भएको छ । साथै अन्तर्राष्ट्रिय बजार तथा राजनीतिमा समेत यसले नकारात्मक असर पारेको छ । संयुक्त राष्ट्रसङ्घलगायतका धेरै अन्तर्राष्ट्रिय समुदायले आक्रमणको विरोध गरेका छन् भने दर्जनौँ देशहरूले तत्काल आक्रमण रोक्न रुसलाई आग्रह गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको