Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ लाख २८ हजार कित्ता बोनस सूचिकृत

नेप्से

शुक्रबार, ०९ बैशाख २०७९, १२ : ०९ मा प्रकाशित

नेप्सेमा ५ लाख २८ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बाेनस बापतकाे ५ लाख २८ हजार ५ सय ९ दशमलव ११९१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

संस्थाको पाैष २८ गते, बुधबार, हाेटल माैर्या, रूपन्देहीमा सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन । 

संस्थाले बाेनस सेयर वितरण पश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०% कायम गर्न एफपीओ निष्कासन पनि गर्दैछ । 

62624b24c0d27.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको