Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योेरेन्सकाे साधारण सभा सम्पन्न, लाभांशसँगै पूँजी वृद्धिकाे प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १४ : २२ मा प्रकाशित

आइएमई जनरल इन्स्योेरेन्सकाे साधारण सभा सम्पन्न, लाभांशसँगै पूँजी वृद्धिकाे प्रस्ताव पारित

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा आज (वैशाख ९ गते, शुक्रबार) लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएकाे छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

यसका साथै, सभामा कम्पनीकाे चुक्ता पूँजी वृद्धि गरी २ अर्ब ५० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरिएकाे छ । 

सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयाँ सेवाहरुसहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको बताए । बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदै गएकाे र विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा रहेकाे उनले बताए । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको समेत उनले बताए ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको विषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पुर्याउनको लागि ७ वटै प्रदेशहरुमा शाखा विस्तार गरेको पनि जानकारी गराए । कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा समितिबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा सञ्चारमा विशेष ध्यान दिंदै डिजिटलमा विशेष ध्यान दिएकाे उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको