Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा उर्जा संकट, नेपाल पनि प्रभावित बन्ने

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १४ : ४९ मा प्रकाशित

भारतमा उर्जा संकट, नेपाल पनि प्रभावित बन्ने

कोइलाको भण्डारणमा कमी आएपछि बिजुली उत्पादन कम भएको छ । जसका कारण भारतका विभिन्न राज्यहरुमा ८ घण्टाभन्दाबढी बिजुली काटिएको छ । बढ्दो गर्मीमा लगातार बिजुली काटिदा जनजीवन प्रभावित भएको छ । सा्रेतका अनुसार रुस युक्रेन संकटको असर भारतको कोइला बजारमा देखिएको हो ।

कोइला आयात कम भएको तथा मौज्दात कोइला समेत क्रमशः घटदै गएकाले ऊर्जा उत्पादन गर्ने प्लान्टहरुले बिजुली उत्पादन कटौती गर्न शुरु गरिसकेका छन् । जसकारण भारतका पञ्जाब, उत्तर प्रदेश र आन्ध्र प्रदेश लगायत धेरै राज्यले बिजुलीको माग बढेको कारण विद्युत् कटौतीको सामना गरिरहेका छन् । यस्तो अवस्थामा जनताले चर्को गर्मी सहनुपर्ने बाध्यता छ वा अन्य महँगो विकल्प रोज्न अवस्था सिर्जना भएको छ ।

भारतभर कोइला उपलब्ध गराउने कोल इण्डियाले माग अनुसारको आपूर्ति गर्न सकेको छैन । रुस र युक्रेनबीचको युद्धका कारण समुन्द्री मार्ग भएर आयात हुने कोइलामा समस्या देखिएको जनाईएको छ । इण्डोनेसिया, अष्ट्रेलियालगायतका देशबाट आयात हुने कोइला समेत सिपमेन्टमा देखिएको केही समस्याका कारण प्रभावित भएको छ । यस्तै, पूर्व सोभियत संघमा आवद्ध रहेका देशबाट आयात हुने कोइलामा समेत जटिलता पैदा भएको छ ।

भारतमा विद्युत् उत्पादनको ७० प्रतिशत हिस्सा कोइलाले ओगटेको छ । कोइला आपुर्तिले भारतमा देखिएको उर्जा संकटको असर नेपालमा पनि पर्ने देखिन्छ । नेपालले दैनिक उपभोगका लागी आफुलाई चाहिने विद्युतको ठुलो हिस्सा भारतबाट आपुर्ती गरीरहेको छ । भारतबाट आउने विद्युतमा कटौती भएमा नेपालमा उर्जा संकट सुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको