Like us!
Follow us!
Connect us!
Watch us!

५० रूपैयाँमा ‘वान प्लस १० प्रो’ मात्र खल्तीमा

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १४ : ४६ मा प्रकाशित

५० रूपैयाँमा ‘वान प्लस १० प्रो’ मात्र खल्तीमा

खल्ती डिजिटल वालेटले मात्र ५० रूपैयाँमा १ लाख ३५ हजार रूपैयाँ बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ । यसका साथै रिचार्ज गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।

प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’ मा गएर “खल्ती मा वान प्लस १० प्रो” बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्नेछ। त्यो रकम राखिएको नम्बरमा रिचार्ज हुनेछ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन् । अन्तिममा एक जना भाग्यशाली बिजेताले प्राप्त गर्नेछन् ‘वान प्लस १० प्रो’ साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नेछन् ।

अफरमा सहभागी हुन भने केवाईसी (KYC) भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्।

यस अफरको बारेमा बाेल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यसअघि, हामीले रु. ५० रिचार्जमा आइफोन १३ जित्ने अफर पनि गर्ने अफर ल्याएका थियौं र प्रयोगकर्ताहरू माझ हाम्रो धेरै लोकप्रिय बन्न पुगेको थियो। त्यसैले, डिजिटल भुक्तानीप्रति प्रयोगकर्ताहरूको उत्साह बढाउन हामी फेरि ‘खल्तीमा वानप्लस १० प्रो’ अफर लिएर आएका छौं।” 

यो अफर वैशाख ८ गतेदेखि सुरु भएर जेष्ठ २१ गतेसम्म लागु हुनेछ । बिजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको