Like us!
Follow us!
Connect us!
Watch us!

युद्धपछि युक्रेनमा ६० अर्बभन्दा बढीको क्षती

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १६ : १८ मा प्रकाशित

युद्धपछि युक्रेनमा ६० अर्बभन्दा बढीको क्षती

विश्व बैंकका अनुसार करिब दुई महिनादेखि चलिरहेको युक्रेनमाथिको रुसी आक्रमणले झण्डै ६० अर्ब डलरको नोक्सान भइसकेको छ । प्रारम्भिक अनुमानका आधारमा यो तथ्याङ्क पेस गरेको विश्व बैंकले जनाएको छ । यसमा अझै युद्धको लगातार बढिरहेको आर्थिक खर्च जोडिएको छैन । 

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले युद्धको क्षति सार्वजनिक गर्न आयोजित सम्मेलनमा दुई देशबीचको लडाई अझै जारी रहेकाले नोक्सान बढ्ने बताए ।  जेलेन्स्कीले यो सम्मेलनलाई भर्चुअल तरिकाले सम्बोधन गरेका थिए । सम्बोधनमा उनले यो युद्ध खर्च धान्न र अर्थव्यवस्थामा पुगेको क्षति पुनःस्थापित गर्न हरेक महिना ७ अर्ब डलरको आवश्यकता पर्ने बताए ।

जेलेन्स्कीले युद्धबाट क्षतिग्रस्त पूर्वाधारहरु पुनः उठाउनका लागि पछि अर्बौं डलर जरुरत हुने बताए । त्यसका लागि रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि विदेशी बैंकमा फ्रिज भएको रुसी पैसा आफूहरुलाई उपलब्ध गराउन उनले माग गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको