Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओ नछुटाउनु है भर्न, आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, ०७ : ५९ मा प्रकाशित

रिभर फल्स पावरको आईपीओ नछुटाउनु है भर्न, आज अन्तिम दिन

रिभर फल्स पावर लिमिटेडले चैत्र २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि खुल्ला गरेको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रीको आज अन्तिम दिन रहेको छ। 

हामीलाई प्राप्त पछिल्लो डाटा अनुसार यस कम्पनीकाे आईपीओमा  ३ हजार ३ सय ७ जनाले ४ कराेड ८७ लाख ८ हजार रूपैयाँ बराबरकाे ४ लाख ८७ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्  ।

कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिएकाे हाे । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्कासन गरिनेछ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा वैशाख ११ गते र ढिलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । 

लगानीकर्ताहरुले यस आईपीओमा प्राइम कमर्सियल बैंक लिमिटेड खादवारी तुम्लिङटा र सभापोखरी शाखा, प्रभ बैंक लिमिटेड, खांदबारी शाखा, ग्लोबल आईएमई बैंक लिमिटेड, खांदबारीर चैनपुर शाखा, रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संवासभा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको