Like us!
Follow us!
Connect us!
Watch us!

भारतलाई सिमाना रक्षा गर्न रुसी सहयोग आवश्यक : भारतीय अर्थमन्त्री सीतारमण

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, १२ : १४ मा प्रकाशित

भारतलाई सिमाना रक्षा गर्न रुसी सहयोग आवश्यक : भारतीय अर्थमन्त्री सीतारमण

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छिन् । भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो अधिकांश सैन्य सामग्री मस्कोबाट खरिद गर्छ ।

‘तिम्रो एक छिमेकी छ, जसले अर्को छिमेकीसँग हात मिलाउँछ र दुवै मेरो विरुद्धमा छन् । रसिया–युक्रेन युद्धको सन्दर्भमा गठबन्धनहरू बनाइएका छन् भने भगवानले रोकून । 

चीन र पाकिस्तानलाई संकेत गर्दै सीतारमणले भनिन्, ‘भारत आफ्नो सुरक्षा गर्न पर्याप्त बलियो हुनुपर्छ ।’ । 

‘भारत युरोपेली युनियन, पश्चिमा देश र स्वतन्त्र तथा उदार विश्वसँग मित्र हुन चाहन्छ’, उनले थपिन्, ‘तर कमजोर मित्रको रूपमा होइन जसलाई जहाँ पनि सहयोग चाहिन्छ ।’ 

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा भाग लिने क्रममा हाल सीतारामन वाशिंगटनमा छिन् । राजनीतिक विज्ञहरूले यसलाई आफ्नो सबैभन्दा ठूलो सैन्य वितरक रुसमाथि भारतको निर्भरता घटाउन पश्चिमा देशहरूले चालेको कदम भएको बताएका छन् । 

भारतले युक्रेनमा रुसी आक्रमणको विरुद्धमा राष्ट्रसंघको सुरक्षा परिषदमा मतदान नगरे पनि युक्रेनी सहर बुचामा भएको नरसंहारको निन्दा गरेको छ । नयाँ दिल्लीले किभलाई मानवीय सहायता उपलब्ध गराएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको