Like us!
Follow us!
Connect us!
Watch us!

नीतिगत भ्रष्ट्राचार बढ्दा देशकाे अर्थतन्त्र थिलथिलाे बन्याे : पूर्व उद्योग वाणिज्य मन्त्री

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, १७ : ५९ मा प्रकाशित

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एंव पूर्व उद्योग वाणिज्य मन्त्री सुनिल बहादुर थापाले सरकारले स्पष्ट कारण नखुलाई गरेको गर्भनरको निलम्बनप्रति आफु पनि असहमत रहेको बताएका छन् । विभागीय मन्त्रीको सीफारीसमा मात्रै यस्ता निलम्बन हुने भएपनि यसबाट पर्ने सम्पुर्ण प्रभाव बारे पनि पहिले नै ख्याल गर्नु आवश्यक हुनेमा उनको जोड थियो । पूर्व वाणिज्य मन्त्री थापाले अर्थ मन्त्रालय, राष्ट्र बैंक र राष्टिय योजना आयोग बिचको समन्वय अर्थतन्त्रको सहि दिसाको लागी आवश्यक रहेकोमा पनि जोड दिए । 

गर्भनर निलम्बन प्रकृयामा अदालतले दिएको फैसला सबैले मान्नुपर्ने बताएका कांग्रेस नेता सुनिल थापाले यस विषयलाई लिएर द्धन्द चर्काउन नहुने बताए । राज्यको सही तरीकाले सञ्चालनको लागी सही मान्छे उपयुक्त ठाँउमा हुनुपर्ने उनको तर्क छ । कांग्रेस पूर्व सहमहामन्त्री सुनिल बहादुर थापाले अर्थमन्त्री जनार्दन शर्माको मुल्याङकनको समय आएको भन्दै कांग्रेसमा उनको कामकारवाहीलाई लिएर विभिन्न प्रश्न उठेपनि निर्णय गर्ने विषय गठबन्धनको भएको धारणा राखे ।

भ्रष्टाचारले देशलाई थिलोथिलो बनाएको बताएका उनले देशको अर्थतन्त्रको यो अवस्थाको लागी कोरोना संकट भन्दा पनि नितीगत भ्रष्ट्राचार बढी जिम्मेवार रहेको तर्क गरे । डलर संचितीको अहिलेको अवस्था र आयातमा देखिएको बढोत्तरी यतिखेर आएर सिर्जना भएको समस्या नभई विगतको केपी ओली सरकारकै देन भएको नेता थापाको भनाई छ । अहिले चलिरहेको रुस युक्रेन संकटले मुलुकको अर्थतन्त्रलाई थप प्रभावित पार्ने भएकाले सरकारले सजकता साथ कदम चाल्नुपर्ने उनको सुझाव छ ।

पूर्व वाणिज्य मन्त्री सुनिल थापाले अवैध नाकाबाट हुने ओसार प्रसार अहिले पनि ठुलो समस्याको रुपमा रहेको बताँउदै यसलाई रोक्न अर्थ मन्त्रालय अन्तर्गतका राजस्व विभाग र सम्पति शुद्धीकरण विभागलाई सक्रीय बनाउनुपर्ने बताए । साथै उनले आफु पदमा छँदा यो क्षेत्रमा धैरै प्रगती भएको जीकीर समेत गरे । पेट्रोलियम पाइप लाइन निर्माणको लागी फण्ड कलेक्सन गर्नेदेखी यसको चुहावट रोक्ने दिसामा थुप्रै काम भएको उनको तर्क थियो । अहिले पनि पेट्रोलियम पर्दाथको मिस युज भईरहेको बताउँदै उनले सरकारले यसलाई रोक्न आवश्यक रहेको जनाए ।

हिमालयन बैंक लिमिटेडका सञ्चालक समेत रहेका सुनिल थापाले बैंकीङ क्षेत्रका समस्या तर्फ पनि ध्यानाकर्षण गराए । आर्थिक तरलताको अभाव बैंकहरुको अहिलेको प्रमुख चुनौती रहेको उनको धारणा छ । सुनिल बहादुर थापाले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक बिचको मर्जर भाडीनुमा एजीएम जिम्मेवार रहेको दावी गरे । अहिले पनि आफुहरु अन्य बैंकसंगको मर्जरको लागी प्रयासरत रहेको बताउँदै उनले राष्ट्र बैंकलाई विद्यमान नियममा पुर्नविचार गर्न आग्रह गरे ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको