Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रदमा अहिलेसम्म कति पर्यो आवेदन ?

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १७ : ३५ मा प्रकाशित

अपि पावरको हकप्रदमा अहिलेसम्म कति पर्यो आवेदन ?

अपि पावर कम्पनी लिमिटेडले चैत्र २५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ ।

सीडिएसका अनुसार कम्पनीको हकप्रदमा आज (सोमबार) साँझ ५ बजेसम्ममा ९७ हजार ३ सय ३१ जनाले ५६ करोड ७५ लाख ९३ हजार ६ सय रूपैयाँ बराबरको ५६ लाख ७५ हजार ९ सय ३६ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको