Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको लिलामी सेयरकाे बाेलपत्र बुधबार खाेलिने

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, १२ : १९ मा प्रकाशित

समृद्धि फाइनान्सको लिलामी सेयरकाे बाेलपत्र बुधबार खाेलिने

समृद्धि फाइनान्स लिमिटेडले चैत्र २९ गते, मंगलबारबाट वैशाख ७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा प्राप्त बाेलपत्रहरू भाेलि (वैशाख १४ गते, बुधबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू बुधबार दिउँसाे ३:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडकाे कार्यालय, नारायणचाैर, नक्साल, काठमाडाैँमा खाेलिने क्यापिटलले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

कम्पनीले ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक समूहको र ७३ हजार १०० कित्ता सर्वसाधारण समूहको गरी कूल  ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

626793a114b89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको