Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापक समूहको सेयर बिक्री गर्दै शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मूल्य कति ?

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, ११ : ३२ मा प्रकाशित

संस्थापक समूहको सेयर बिक्री गर्दै शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मूल्य कति ?

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले सेयर लिलाममा राखेको छ । बैंकले संस्थापक समुहको ४५ हजार ९ सय ९१ कित्ता सेयर लिलामीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले (आज) बैशाख १४ गते देखि बैशाख २२ गते कार्यलय समय भित्र बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पुग्ने गरी आवेदन दिन सक्नेछन् । 

सो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ता देखि अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

उक्त सेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकार छ :

6268d98a2763d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको