Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पारित भए यी प्रस्ताव

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, १३ : ३८ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पारित भए यी प्रस्ताव

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा वैशाख १४ गते बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको होटल र्याडिसनमा सम्पन्न भएको हो । 

सभाले कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरिएको छ । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत दिईएको छ । 

सभामा बोल्दै सभाका सभापति एवम् संचालक समितिका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन प्रतिबद्ध रहेको र आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जाहेर गरे । 

सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक सेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।  

                                                                                            

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको