Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालमा अनेकौँ प्रलोभन देखाई लगानी गर्न लाउनेलाई बोर्डले दियो कारबाहीको चेतावनी

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १६ : २८ मा प्रकाशित

सामाजिक सञ्जालमा अनेकौँ प्रलोभन देखाई लगानी गर्न लाउनेलाई बोर्डले दियो कारबाहीको चेतावनी

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले सामाजिक सञ्जालमा अनेकाैँ प्रलोभन देखाई लगानीकर्ताहरूलाई गर्न लाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिएकाे छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सो अन्तर्गत बनेका नियमावली, विनियमावली तथा निर्देशिका बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन, धितोपत्रको खरिद तथा विक्री, डिम्याट तथा मेरो शेयर खाता संचालन, लगानी व्यवस्थापन, शेयर रजिष्ट्रार, संस्थागत परामर्श, प्रत्याभूति, आस्वा, सामुहिक तथा विशिष्टिकृत (प्राईभेट इक्विटी, भेन्चर क्यापिटल तथा हेड्ज फण्ड) लगानी कोष संचालन जस्ता कार्यहरु धितोपत्र बोर्डबाट अनुमति लिई गर्नुपर्ने व्यवस्था रहेको बाेर्डले जनाएकाे छ ।

उक्त कार्यहरु धितोपत्र बोर्डबाट अनुमति नलिई सञ्चालन गरेमा गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने चेतावनी बाेर्डले दिएकाे छ ।

बाेर्डद्वारा प्रकाशित सूचनामा भनिएकाे छ, "हाल बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक संजाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न अहवान गरेको तथा धितोपत्रको दोस्रो बजारको कारोबार र लगानी सम्बन्धी सेवा प्रदान गर्ने गरेको भन्ने समाचारहरु आईरहेको सन्दर्भमा उक्त कम्पनीहरुमा लगानी गर्नु वा उक्त सेवाहरु लिनु अगाडी आवश्यक सचेतता अपनाउनुहुनका साथै बोर्डबाट अनुमति लिए/नलिएको यकिन गरेर मात्र लगानी गर्न तथा सेवा लिनुहुन सम्पूर्ण सेवाग्राहीहरुलाई यस सूचना मार्फत जानकारी गराईन्छ ।"

बाेर्डकाे सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको