Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँड, बुधबारदेखि पैसा फिर्ता हुने

अर्थ संसार

आइतबार, १८ बैशाख २०७९, १४ : ०९ मा प्रकाशित

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँड, बुधबारदेखि पैसा फिर्ता हुने

समृद्धि फाइनान्स लिमिटेडले चैत्र २९ गते, मंगलबारबाट वैशाख ७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ । उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू वैशाख १४ गते, बुधबार खोलिएर वैशाख १६ गते, शुक्रबार बाँडफाँड गरिएकाे हाे । 

कम्पनीले ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक समूहको र ७३ हजार १०० कित्ता सर्वसाधारण समूहको गरी कूल  ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, सर्वसाधारण समूहको सबै र संस्थापक समूहको ९४ हजार ७ सय कित्ता सेयर बिक्री भएको कम्पनीले जनाएकाे छ । 

लिलामी सेयरमा संस्थापक समूहको १०१ रूपैयाँ र सर्वसाधारण समूहको न्यूनतम २०५ रुपैयाँ कट अफ कायम भएकाे छ ।

बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा वैशाख २१ गते, बुधबारबाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको