Like us!
Follow us!
Connect us!
Watch us!

९५% एक्युरेसी भएका गल्फका एनालिस्ट घिमिरे भन्छन: २२८६ मा बटम लागिसक्यो, नेप्से ३४०० माथि जान्छ

अर्थ संसार

आइतबार, १८ बैशाख २०७९, २१ : ३९ मा प्रकाशित

९५% एक्युरेसी भएका गल्फका एनालिस्ट घिमिरे भन्छन: २२८६ मा बटम लागिसक्यो, नेप्से ३४०० माथि जान्छ

जुन २५, २०२१

नेप्से इन्डेक्स जुन १५ को दिन ३०६३ को बिन्दुसम्म पुगेर झर्दै थियो। जुन २४ मा बजारले २८३० को बिन्दुमा क्लोजिङ्ग दियो। भोलिपल्ट जुन २५ मा नेप्सेगल्फको फेसबुक पेजमा एउटा चार्ट पब्लिश भयो। नेप्सेको मुभमेन्ट आउने दिनहरुमा कस्तो हुन सक्ला भन्ने प्रेडिक्सन गरिएको सो चार्टमा लेखिएको थियो: यदि नेप्से २७६० भन्दा पनि तल गयो भने यो काउण्टिङ्ग इन्भ्यालिड हुनेछ र बजार ठूलो करेक्सनमा जान सक्नेछ। तर यदि बजार २७८२ भन्दा माथिबाटै फर्कियो भने माइनर डिग्रीको 5th  वेभको र्याली चल्नेछ र नेप्से ३२०० देखि ३२५० को एरियासम्म पुग्न सक्ने सम्भावना देखिन्छ। 

नभन्दै ३० जुन २०२१ मा नेप्से इन्डेक्स २७८० सम्म आएर त्यो बिन्दुबाट माथितिर लाग्न थाल्यो र १९  अगस्ट  २०२१ को दिन अल टाईम हाई ३२२७ को रेकर्ड बनायो।  

नोभेम्बर ३०, २०२१

३० नोभेम्बर २०२१ को दिन  नेप्से २६३० को बिन्दुमा क्लोज भयो। त्यहि दिन नेप्से गल्फ़मा एउटा चार्ट पब्लिश भयो। जुन चार्टमा नेप्से परिसूचक २३६३ को बिन्दुसम्म खस्न सक्ने प्रक्षेपण गरिएको थियो। 

बजार १३ डिसेम्बर २०२१ को दिन २२६० को बिन्दुसम्म खस्यो।  

११  फेब्रुअरी २०२२

सरकारले बैशाख ३० गते स्थानीय चुनावको मिति तोक्यो। चुनावको घोषणापछि बजार अचाक्ली नै बढ्ने प्राय: विश्लेषकहरुको विश्लेषण थियो। सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको भोलिपल्ट ८ फेब्रुअरीको दिन बजार उच्च अंकले बढेर २९२० को बिन्दुसम्म पुग्यो तर २९२० बाट सेलिङ्ग प्रेसर आयो। त्यसपछि बजार घट्न थाल्यो र १० फेब्रुअरीको दिन बजार २८०० को बिन्दुमा क्लोज भयो। ११ फेब्रुअरीको दिन नेप्से गल्फमा अर्को एउटा चार्ट पब्लिश भयो।  जुन चार्टमा मार्च महिनाको अन्त्यसम्ममा बजारले २२५८ सम्मको यात्रा तय गर्न सक्ने देखाइएको थियो। प्राय: प्राविधिक विश्लेषकहरु बजार २७४० भन्दा तल नखस्ने दावी गर्दै गर्दा नेप्से गल्फमा त्यस किसिमको प्रेडिक्सन पब्लिश भएको थियो।  

प्रेडिक्सन गरीए भन्दा करिव २० दिन पर गएर २१ अप्रिल २०२२ को दिन नेप्से २२८६ को बिन्दुसम्म झर्यो।  

यस्ता धेरै चार्टहरु नेप्सेप्लसमा पोस्ट भएका छन् जसको एक्युरेसी ९५ प्रतिशत भन्दा धेरै छ। 

नेप्सेप्लसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएका भिडियोहरुमा गरिएका प्रेडिक्सनहरुको एक्युरेसी पनि ९५ प्रतिशत भन्दा बढी रहेको पाईएको छ।  

३५ वर्ष उमेरका सूर्य घिमिरे भरतपुर १३, चितवनका बासिन्दा हुन्। साउदी अरेबियाको ठूलो कम्पनी साउदी आराम्कोमा सेफ्टी सुपरभाइजरको रुपमा काम गर्दै गर्दा उनले सन् २०१९ देखि २०२० सम्म सेयर बजारका विविध पक्षहरुको अध्ययन गरे।  विशेषगरी इलियट वेभ थ्योरीको  अध्ययन गरे। डिसेम्बर २०१९ देखि बढ्न थालेको बजार २०२१ को अगस्टसम्ममा ३२२७ को बिन्दुसम्म पुग्यो।  यो बिचमा उनले सेयरमा निकै कमाए।  सेयर बजारबाट कमाउनु भन्दा पनि बचाउनु ठूलो हो भन्ने घिमिरेले आफुले गरेका विश्लेषणहरु प्राय: मिलेको देखेपछि बजारमा छिरेका नयाँ लगानीकर्ताहरुका उपयोगी हुने ठानेर फेसबुकमा नेप्से गल्फ नामक पेज खोलेर त्यसमा आफ्ना विश्लेषणहरु प्रस्तुत गर्न थाले। भिडियोमार्फत आफ्ना एनालाइसिसहरु प्रस्तुत गर्न उनले  युट्युब च्यानल खोले। 

उनले गरेका एनालाइसिसहरुको एक्युरेसी ९५% भन्दा बढी रहेको पाइएको छ।  

इलियट वेभ थ्योरीलाई देशको अर्थतन्त्र, विभिन्न आर्थिक परिसूचक, तरलताको अवस्था लगाएतका आधारभूत कुराहरुसंग जोडेर विश्लेषण गरियो भने त्यसले प्राय: शतप्रतिशत रिजल्ट दिने घिमिरेको अनुभव रहेको छ।  

पछिल्लो समय नेपाल टेलिकमको सेयर मूल्य १५०० को हाराहारीमा छँदै गर्दा NTC १८०० को लेभलसम्म पुग्न सक्ने विश्लेषण उनले गरेका थिए। नभन्दै केहि समयपछि NTC  को सेयरमूल्य १८०० भन्दा माथि पुग्यो।  

अब बजारको यात्रा कस्तो रहला, के छ उनको विश्लेषण ?
५ दिन अघि नेप्से गल्फमा एउटा चार्ट पोस्ट भयो।  त्यो चार्टमा नेप्सेले डबल बटम बनाइसकेको र अब बजारको यात्रा माथितिरकै हुने विश्लेषण प्रस्तुत गरिएको छ। बजारले यसअघिको लो २२८६ लाइ ब्रेक नगरिन्जेल यो प्याटर्न भ्यालिड हुने र १-२-३-४-५ वेभ बनाउँदै बजारले ३४०० देखि ३५०० सम्मको यात्रा गर्न सक्ने सम्भावना उच्च रहेको विश्लेषण घिमिरेले गरेका छन। देशको अर्थतन्त्रको अवस्था राम्रो देखिएको छैन, तरलताको संकट उस्तै छ यस्तो अवस्थामा नेप्से ३००० माथि नै जाला र भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै उनी भन्छन, ' ३२०० को बिन्दुबाट बजार घटेर २२०० को लेभलसम्म आउला भन्ने पनि धेरै कमलाई लागेको थियो। बजारले अहिलेको अवस्थालाइ हेरेर रियाक्ट गर्दैन। आउने दिनहरुमा कस्तो अवस्था बन्ला भन्ने कुराको रियाक्ट अहिले हुने हो। आउने दिनहरुमा देशको अर्थतन्त्र राम्रो हुने सम्भावना धेरै छ। तरलताको अवस्था पनि आगामी दिनमा सहज हुँदै जाला। यी सबै कुराहरुको रियाक्ट मार्केटमा अहिले देखि हुने गर्दछ। म आफ्नो विश्लेषणमा विश्वस्त छु, बजार ३४०० को बिन्दुसम्म पुग्ने सम्भावना निकै उच्च छ।'

चिरफार: सेयरबजारमा वनको बाघले खाओस्, नखाओस् मनको बाघले काच्चै चपाइरहेको हुन्छ | Basanta Pandey

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको