Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

अर्थ संसार

सोमबार, १९ बैशाख २०७९, १६ : ४८ मा प्रकाशित

नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे ७० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ११ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज साेमबारको अन्तिम कारोबार मूल्य ४ सय ५९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । कम्पनीकाे हकप्रदमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रदपछि यसको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।  
 

626fbb482de5a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको