Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जा विकासको तेस्रो त्रैमासको कमाई केबल ५९३ रुपैयाँ

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, ०९ : ३३ मा प्रकाशित

हिमालय ऊर्जा विकासको तेस्रो त्रैमासको कमाई केबल ५९३ रुपैयाँ

हिमालय ऊर्जा विकास कम्पनीले चालु आर्थिक वर्ष २०७८ र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

कम्पनीको यो त्रमासको आम्दानी केबल ५९३ रुपैयाँ रहेको छ। गत वर्ष येही अवधिमा कम्पनीले १० लाख २८ हजार रुपैयाँ  अन्य स्रोतबाट हुने आम्दानी रहेको थियो। 

कम्पनीको यस चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ लाख ४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्म हिमालय ऊर्जाको चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ । जगेडा कोष भने ८६ लाख २८ हजार रुपैयाँ ऋणात्मक छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी ०११ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ १३ पैसा छ ।

6273495947196.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको