Like us!
Follow us!
Connect us!
Watch us!

महत्वपूर्ण सपोर्ट एरियालाई टेस्ट गरेर फर्कियो नेप्से, फलिङ्ग वेज प्याटर्न बन्दै, अब के होला ?

बसन्त पाण्डे

विहीबार, २२ बैशाख २०७९, १६ : ०३ मा प्रकाशित

महत्वपूर्ण सपोर्ट एरियालाई टेस्ट गरेर फर्कियो नेप्से, फलिङ्ग वेज प्याटर्न बन्दै, अब के होला ?

ठूलो गिरावटसाथ नेप्से परिसूचक २२३८ को बिन्दुमा आइपुगेको छ। २:४५ को समयतिर ४९ अङ्कभन्दा धेरैले घटेर २२२६ को बिन्दुमा आइपुगेको बजारले बन्द हुने बेलासम्ममा ३७ अङ्कको गिरावट हुँदै २२३८ को बिन्दुमा आएको हो। ५ महिनाअघि नेप्से परिसूचक २२६० को बिन्दुसम्म झरेको थियो। २२६० को बिन्दुबाट बढेर नेप्से २९८३ को बिन्दुसम्म पुग्दै झर्ने क्रममा यसअघिको लो २२६० लाई पनि ब्रेक गर्दै बजार २२३८ को लेभलसम्म आइपुगेको हो।  

आज जुन बिन्दुबाट बजार फर्कियो त्यो महत्वपूर्ण एरिया हो। १० मार्च २०२२ मा बजार २४९८ को बिन्दुसम्म आइपुगेर २४९८ को बिन्दुबाट माथितिर लाग्न थालेको थियो। त्यसपछि लगातार २ दिन बढ्दै नेप्से परिसूचक २६८६ को बिन्दुसम्म पुग्यो। २६८६ को बिन्दुबाट बजार खस्न थाल्यो र लगातार झर्दै २२८७ को बिन्दुसम्म आइपुग्यो।  २२८७ लाई अर्को सपोर्टको बिन्दु बनाउँदै बजार बढ्यो र २४४३ को बिन्दुसम्म पुग्यो।  २४४३ बाट शार्प फल भएको बजार आज २२२६ को बिन्दुमा आइपुगेर त्यो बिन्दुबाट थोरै माथि क्लोज भएको छ। पहिले सपोर्टको रुपमा काम गरेका विन्दुहरू २४९८ र २२८७ लाई जोड्दा बन्ने सपोर्ट ट्रेन्डलाइन ठ्याक्कै २२२६ को बिन्दुमा रहेको छ। आज सोहि सपोर्ट लाईनबाट बजार फर्किनुले महत्वपूर्ण अर्थ राख्दछ। 

नेप्सेको चार्टमा देखियो फलिङ्ग वेज प्याटर्न 

७ महिना अघि नेप्से परिसूचक ३००० को विन्दुबाट तलतिर खस्दै थियो। ३००० बाट खस्दै बजार २४७८ को बिन्दुसम्म आयो। २४७८ को बिन्दुबाट बढेर बजार २७७८ को बिन्दुसम्म पुग्यो। बजार ३००० बाट खसेर २४७८ को बिन्दुसम्म आउंदै गर्दा नेप्सेको चार्टमा फलिङ्ग वेज प्याटर्न बनेको देखिन्छ। २५८५ को बिन्दुमा फलिङ्ग वेज प्याटर्नलाई ब्रेक गर्दै बजार माथितिर लाग्यो। 

त्यस्तै अहिले पनि २६८६ को बिन्दुबाट तलतिर खसेर आज २२२६ को बिन्दुसम्म आउंदै गर्दा बजारमा फलिङ्ग वेज प्याटर्न बनेको छ। यदि आईतबार नेप्से परिसूचक २२२६ भन्दा तल गएन भने यो प्याटर्न भ्यालिड हुनेछ। अब बजार बढेर माथितिर गयो र २३३० को बिन्दुलाई कोजिङ्ग बेसीसमा ब्रेक गर्न सक्यो भने बजारको यात्रा माथितिरकै हुने सम्भावना उच्च रहन्छ। 

6273a5ae4ec58.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको