Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको साधारण सभा शुक्रबार हुँदै, के-के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १७ : ४९ मा प्रकाशित

२ कम्पनीको साधारण सभा शुक्रबार हुँदै, के-के छन् एजेन्डा ?

विभिन्न २ वटा कम्पनीहरूले साधारण सभा भाेलि (वैशाख २३ गते, शुक्रबार) हुँदैछ ।

शुक्रबार साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ : 

१. युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथोँ वार्षिक साधारण सभा वैशाख २३ गते टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेकाे थियाे । यसअनुसार वैशाख १२ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् । सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने/गाभिने लगायतका प्रस्तावहरू पारित गरिनेछन् ।

२. युनियन हाइड्रोपावर कम्पनी लिमिटेड

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडकाे विशेष साधारण सभा वैशाख २३ गते, कम्पनीकाे रजिष्टर्ड कार्यालय, धाेबीघाट, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे प्रबन्धपत्रकाे दफामा संशाेधन गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको