Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकले डाक्याे विशेष साधारण सभा : नबिलसँग गाभिने प्रस्ताव, स्वाप रेसियाे कति ?

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, ११ : ३७ मा प्रकाशित

नेपाल बंगलादेश बैंकले डाक्याे विशेष साधारण सभा : नबिलसँग गाभिने प्रस्ताव, स्वाप रेसियाे कति ?

नेपाल बंगलादेश बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । बैंककाे वैशाख २२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा जेठ ७ गते, शनिबार अनलाइनकाे माध्यमबाट भर्चुअल रूपमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गर्न लागेकाे हाे । यसकाे अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् । 

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ ।

त्यसैगरी, विशेष साधारण सभा प्रयाेजनका लागि बैंकले वैशाख ३० गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6274b82aaeea9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको