Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

नेप्से

शुक्रबार, २३ बैशाख २०७९, १६ : ४० मा प्रकाशित

नेप्सेमा ४ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ४ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । जसमध्ये, ३ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे ॠणपत्र रहेकाे छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

त्यसैगरी, हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ६.६५ प्रतिशत बाेनस बापतकाे ७ लाख ३१ हजार ७ सय २४ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

यसका साथै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २ सय ५४ दशमलब ४० कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

त्यस्तै, एभरेष्ट बैंक लिमिटेडकाे ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८  वर्ष अवधिको ८.५ प्रतिशत व्याजदर भएको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८६’ नाममा प्रतिकित्ता २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता बिक्री गरेकाे थियाे । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको