Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्याेरेन्सकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १० : २४ मा प्रकाशित

शिखर इन्स्याेरेन्सकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले वैशाख १९ गते, साेमबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर भर्ने आज (वैशाख २७ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले  चैत १ गतेबाट चैत २१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएकाे सर्वसाधारण समूहको ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे ताेकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको