Like us!
Follow us!
Connect us!
Watch us!

गाेर्खाज फाइनान्सले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १२ : ५६ मा प्रकाशित

गाेर्खाज फाइनान्सले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे हिजाे वैशाख २६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे सत्ताइसाैँ वार्षिक साधारण सभा जेठ २७ गते, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बानेश्वर, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ । 

कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूकाे हात खाली हुनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ ११ गतेसम्म नेपल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

627a10577d858.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको