Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो रिचार्जमा बोनस डेटा अफर, अरू के-के छन् फाइदा ?

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १३ : ११ मा प्रकाशित

एनसेलले ल्यायो रिचार्जमा बोनस डेटा अफर, अरू के-के छन् फाइदा ?

एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई  ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।

यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको छ । जस अन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।

एप मार्फत रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । रु १०० देखि रु १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा पाउँछन् । त्यसैगरी रु २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन् ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । कर सहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि सजिलै लिन सकिन्छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र रु.९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स३ह्यास डायल गरि यो भ्वाइस प्याक लिन सक्छन् ।

दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ । यसमा ग्राहकले मात्र रु १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन् । 

एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको