Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्ने बलियो आधारको रुपमा देखिएको ५५ मिनेट अवधिको महत्वपूर्ण प्राविधिक एभिडेन्स

बसन्त पाण्डे

मंगलबार, २७ बैशाख २०७९, १६ : २६ मा प्रकाशित

बजार बढ्ने बलियो आधारको रुपमा देखिएको ५५ मिनेट अवधिको महत्वपूर्ण प्राविधिक एभिडेन्स

आज मंगलबार नेप्से परिसूचक ४४.१६ अंकले बढ्दै बजार २३१३ को बिन्दुमा क्लोज भएको छ। १ अर्ब ३५ करोडको हाराहारीमा कारोबार भएको आजको बजार धेरै दृष्टिकोणबाट महत्वपूर्ण रह्यो। केहि महिनाअघि २९८२ को बिन्दुसम्म पुगेको बजार घट्दै केहि दिन अघि २२०१  को बिन्दुसम्म आइपुगेको थियो। यो साताको सुरुवातदेखि नै सकारात्मक देखिएको बजार आज उच्च अंकले बढ्नुलाई बजारमा लगानीकर्ताहरुको मनोबल बिस्तारै बढ्न गई खरिद चाप बढ्दै गएको संकेतको रुपमा लिन सकिन्छ। 

आजको बजारमा देखिएका महत्वपूर्ण कुराहरु:

नेप्सेको १ घन्टे चार्टमा आज २ महत्वपूर्ण कुराहरु देखिएका छन्। बोलिंगर ब्याण्डको मिडल ब्याण्डलाइ रिटेस्ट गर्दै क्यान्डलहरु माथितिर लागेका छन र अपर ब्याण्डलाइ ब्रेक गर्दै क्यान्डलहरु माथि माथि लागेका छन। यसले बजारमा खरिद पक्ष बलियो बन्दै गएको संकेत गरेको छ। त्यस्तै बजारले महत्वपूर्ण रेसिस्टेन्सका एरियाहरु २२८७ र २३०० लाई ब्रेक गर्दै माथितिर जानुले आगामी दिनमा बजार थप बढेर माथि जानसक्ने स्पष्ट संकेत गरेको छ।  

नेप्सेको ५ मिनेटको चार्टमा आज एउटा निकै महत्वपूर्ण कुरा देखियो। बजार बढ्दै जाने क्रममा १:२० देखि २:१५ सम्मको ५५ मिनेटको अवधिमा नेप्से परिसूचक २२९४ देखि २२९७ को बिन्दुमै तलमाथि गरिरह्यो। २:१५ पछि २२९७ को बिन्दुलाई ब्रेक गर्दै माथि माथि क्यान्डलहरु बन्न थाल्यो।  यदि आज बजारले २२९७ को बिन्दुलाई ब्रेक गर्न नसकेको भए र २२९४ भन्दा तल तल नै लागेको भए बजारमा सेलरहरु हावी भएको पुष्टि हुन्थ्यो तर करिब १ घण्टा लामो कन्सोलिडेसनपछि नेप्सेले २२९७ को बिन्दुलाई क्रस गर्दै बजार माथितिर लागेको हुँदा त्यो एक घण्टाको अवधिमा एकुमुलेसन भएको देखिन्छ। यसले बजारमा सेलिङ्ग प्रेसर थेग्न सक्ने स्ट्रेन्थ बढ्दै गएको स्पष्ट पारेको छ।  

लगानीकर्ताहरुले ध्यान दिनुपर्ने महत्वपूर्ण बिन्दुहरु

यसअघिको स्विङ्ग हाई २४४२ बाट घट्दै बजार २२०१ को बिन्दुसम्म आईपुग्यो। यी दुई बिन्दुहरुलाई आधार मान्दै फिबोनासी लगाउँदा २३५२ को बिन्दुमा ६१.८% रिट्रेश्मेण्टको एरिया पर्न आउँछ। नेप्सेले ३८.२% को बिन्दु २२९५ लाई ब्रेक गरेर माथि गईसकेपछि अब ५०% को एरिया २३२५ मा एउटा सानो रेसिस्टेन्स र २३५२ को एरिया महत्वपूर्ण रेसिस्टेन्सको रुपमा रहनेछ। त्यसैगरी २९२० को बिन्दुबाट बजार घट्ने क्रममा बनेको डाउन ट्रेन्डलाई ब्रेक गर्न पनि नेप्से २३५० भन्दा माथि क्लोज हुनु अति आवश्यक छ। नेप्से डाउनट्रेन्डमा छ त्यसैले बोलिंगर ब्याण्डको मिडल ब्याण्डलाई रेसिस्टेन्स बनाउँदै नेप्सेको उतार चढाव भैरहेको छ। महत्वपूर्ण कुरा के भने अहिले बोलिंगर ब्याण्डको मिडल ब्याण्ड पनि २३५० कै बिन्दुमा छ। यदि नेप्से परिसूचक राम्रो कारोबार रकम सहित २३५० भन्दा माथि क्लोज हुन सफल भयो भने बजारको यात्रा माथितिरकै हुनसक्ने सम्भावना निकै प्रबल रहन्छ।  
 

627a42a58b2c0.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको