Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतलाई हकप्रद निष्कासन गर्न आयोगको अनुमति

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, ११ : १८ मा प्रकाशित

राधी विद्युतलाई हकप्रद निष्कासन गर्न आयोगको अनुमति

विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ । यसअघि हिजै मात्र आयोगले बरूण हाइड्राेपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे थियाे । 

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ काे अनुपातमा अर्थात् १०० प्रतिशत र ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरको १:१.५ अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएका थिए ।

आयोगले फेरि राधी विद्युत कम्पनी लिमिटेडलाई चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँ बराबरको १:१४७५२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सहमति दिएकाे हाे । 

सूचना हेर्नुहाेस् :

627b4b8a6d0a8.jpg 627b4b9190c89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको