Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेन्डलाइन र मिड बोलिंगर ब्याण्डलाई रिटेस्ट गरेर फर्कियो नेप्से; अब के होला ?

अर्थ संसार

विहीबार, २९ बैशाख २०७९, १५ : ५६ मा प्रकाशित

ट्रेन्डलाइन र मिड बोलिंगर ब्याण्डलाई रिटेस्ट गरेर फर्कियो नेप्से; अब के होला ?

लगातार ४ दिनदेखि बढिरहेको नेप्से परिसूचक आज बिहिबार १८.६४ अंकले घटेको छ। धेरैपछि हिजो बुधबार २ अर्ब भन्दा माथिको कारोबार भएको थियो। आज पनि २ अर्ब भन्दा माथिकै कारोबार भएको छ। आज केहि लाईफ इन्स्योरेन्स कम्पनीहरुमा देखिएको सेलिङ्ग प्रेसर र हाइड्रोपावर कम्पनीहरुमा नाफा बुक हुँदा बजार घटेको देखिन्छ।  

ट्रेन्डलाईनलाई टेस्ट गरेर फर्कियो नेप्से

हिजो बुधबार २३५० को बिन्दुलाई ब्रेक गर्दै नेप्सेले डाउन ट्रेन्ड ब्रेक गरेको थियो। बजार २९२० को बिन्दुबाट खस्ने क्रममा नेप्सेले पटक पटक डाउन ट्रेन्ड ब्रेक गर्ने प्रयास गरे पनि ब्रेक गर्न सकेको थिएन। धेरै लामो समयदेखि बनेको डाउन ट्रेन्ड ब्रेक हुनु निकै महत्वपूर्ण कुरा हो। एउटा महत्वपूर्ण ट्रेन्ड ब्रेक भईसकेपछि बजारले एकपटक फेरी त्यो ट्रेन्डलाइनलाई रिटेस्ट गर्न आउँछ भन्ने कुरालाई प्राविधिक विश्लेषणमा विश्वाश गर्ने गरिन्छ। यस्तो किन हुन्छ भने ट्रेन्डलाईन ब्रेक हुनेबित्तिकै धेरैजसो लगानीकर्ताहरुलाई अब ट्रेन्ड ब्रेक हुन्छ भनेर विश्वाश गर्नै गार्हो परिरहेको हुन्छ र उनीहरुले सो कुरालाई आफ्नो खरिद बिक्रि मार्फत व्यक्त गरिरहेका हुन्छन। उदाहरणको लागि हिजो बजारले डाउन ट्रेन्डलाई ब्रेक गरिसकेपछि धेरै लगानीकर्ताहरुलाई अहिले पनि विश्वाश छैन कि बजार साच्चिकै बढेर माथि नै जान्छ। त्यसैले यो जस्तो बेच्ने अवसर अब पछि पाइदैन भनेर बेच्नेहरुको संख्या आज बढ्यो र त्यसले बजार घटाईदियो।  

अब आगामी दिनमा यदि बजार २३४३ भन्दा तल आएन र माथि माथि तिरै लाग्यो भने त्यसपछि प्राय: सबै लगानीकर्ताहरुलाई अब बजार बढेरै जानेछ भन्ने आत्मविश्वाश बढ्नेछ जसले बजार बढेर माथितिर जान मद्धत गर्नेछ।  

मिड बोलिंगर ब्याण्डलाई पनि रिटेस्ट गर्यो 

यसअघि बजार २८६० को बिन्दुबाट तलतिर लाग्दै गर्दा मिड बोलिंगर ब्याण्ड ब्रेक डाउन भएको थियो। त्यसपछि बजारको उतार चढावको क्रममा मिड बोलिंगर ब्याण्डलाई ब्रेक गर्न सकेको थिएन। तर हिजो बुधबार २३४४ को बिन्दुभन्दा माथि जाँदै बजारले मिड बोलिंगर ब्याण्डलाई ब्रेक गर्यो। हिजो २३६९ को बिन्दुमा क्लोज भएको बजार आज २३८८ को बिन्दुसम्म पुगेको थियो। त्यसपछि खस्दै जाने क्रममा हिजो ब्रेक गरेको मिड बोलिंगर ब्याण्डलाई एकपटक फेरी टेस्ट गर्न आएको देखिएको छ।  

अब के होला ?

बजार २३४४ भन्दा माथि नै क्लोज हुँदासम्म बजारको यात्रा माथितिरकै रहने देखिन्छ। बजार लगातार घट्ने क्रममा बढीमा ५ वटा रातो क्यान्डल बनाउने र त्यसपछि हरियो क्यान्डल बन्ने अनि लगातार बढ्ने क्रममा ४/५ वटा हरियो क्यान्डल बनेपछि रातो क्यान्डल बन्ने बजारको ट्रेन्ड नै हो। घट्ने क्रममा पनि बोलिंगर ब्याण्डको मिडल ब्याण्ड र ट्रेन्डलाइनलाइ रिटेस्ट गर्न आएर बजार फर्केकाले आगामी साता बजारको यात्रा सकारात्मक नै हुने देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको