Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा अग्रता बढाउँदै बालेन, पछ्याउँदै केशव स्थापित

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, ०८ : ५६ मा प्रकाशित

काठमाडौंमा अग्रता बढाउँदै बालेन, पछ्याउँदै केशव स्थापित

काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता यथावत नै राख्न सफल भएका छन्न् । पछिल्लो समयको विवरण अनुसार ४ हजार ६४६ मत गन्दा सम्म बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् ।

बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत ल्याएका छन् ।

तेस्तै तेस्त्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंहले छिन् उनको ८६४ मत गनिएको छ । राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ ल्याएकी छिन्प्र भने उनको प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको