Like us!
Follow us!
Connect us!
Watch us!

यी ६ कम्पनीको साधारण सभा हुँदै, कुनको के-के छ एजेन्डा ?

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १२ : ०२ मा प्रकाशित

यी ६ कम्पनीको साधारण सभा हुँदै, कुनको के-के छ एजेन्डा ?

विभिन्न ६ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये ४ वटा कम्पनीकाे वार्षिक साधारण सभा र २ वटा कम्पनीकाे विशेष साधारण सभा हुन लागेकाे हाे । 

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ : 

१. नबिल बैंक लिमिटेड  

नबिल बैंक लिमिटेडकाे वैशाख २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा जेठ ७ गते, शनिबार बिहान ११ बजे काठमाडाैँमा हुनेछ । सभामा नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । विशेष साधारण सभा प्रयाेजनका लागि बैंकले वैशाख ३० गते एकदिन बुकक्लाेज गरेकाे छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. नेपाल बङ्गलादेश बैंक लिमिटेड 

नेपाल बंगलादेश बैंक लिमिटेडकाे वैशाख २२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा जेठ ७ गते, शनिबार अनलाइनकाे माध्यमबाट भर्चुअल रूपमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गर्न लागेकाे हाे । यसकाे अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् । विशेष साधारण सभा प्रयाेजनका लागि बैंकले वैशाख ३० गते एक दिन बुकक्लाेज गरेकाे छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

३. गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड

गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे वैशाख २६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे सत्ताइसाैँ वार्षिक साधारण सभा जेठ २७ गते, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बानेश्वर, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूकाे हात खाली हुनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ ११ गतेसम्म नेपल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

४. युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर कम्पनी लिमिटेड

युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे बाह्राैँ वार्षिक साधारण सभा जेठ १४ गते, शनिबार आभ्या क्लब, घारीपाटन-१७, पाेखरा, कास्कीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरणसहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि वैशाख ३० गते बुकक्लाेज गरेकाे छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानुन बमोजिम सेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र मतदान गर्न सक्नेछन्।

५. विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड

विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडकाे साताैँ वार्षिक साधारण सभा जेठ २० गते, श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

६. युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड 

युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे अठ्ठाइसाैँ वार्षिक साधारण सभा जेठ २३ गते, अनमाेल बैंङ्क्वेट, शंखमुल, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखाापरिक्षककाे नियुक्ती गरी निजकाे पारिश्रमिक निर्धारण गर्ने, कुनै उपयुक्त निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने लगायतका प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ ९ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको