शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले वैशाख १९ गते, साेमबारदेखि वैशाख २७ गते, मंगलबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा प्राप्त बाेलपत्रहरू भाेलि (जेठ ५ गते, बिहीबार) खाेलिने भएकाे छ ।
उक्त बाेलपत्रहरू बिहीबार बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय,लाजिम्पाट, काठमाडाैँमा खाेलिने क्यापिटलले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।
कम्पनीले चैत १ गतेबाट चैत २१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएकाे सर्वसाधारण समूहको ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस