Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र नेपाल बङ्गलादेश बैंककाे विशेष साधारण सभा शनिबार हुँदै

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १७ : २४ मा प्रकाशित

नबिल बैंक र नेपाल बङ्गलादेश बैंककाे विशेष साधारण सभा शनिबार हुँदै

भाेलि (जेठ ७ गते, शनिबार) २ वटा वाणिज्य बैंककाे विशेष साधारण सभा हुँदैछ । नबिल बैंक र नेपाल बंगलादेश बैंककाे विशेष साधारण सभा शनिबार हुन लागेकाे हाे ।

१. नबिल बैंक लिमिटेड  

नबिल बैंक लिमिटेडकाे वैशाख २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा भाेलि (जेठ ७ गते, शनिबार) सिल्भर ओक ब्याङ्क्वेट, काठमाडौंमा बिहान ११ बजे काठमाडाैँमा हुनेछ । सभामा नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । विशेष साधारण सभा प्रयाेजनका लागि बैंकले वैशाख ३० गते एकदिन बुकक्लाेज गरेकाे छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. नेपाल बङ्गलादेश बैंक लिमिटेड 

नेपाल बंगलादेश बैंक लिमिटेडकाे वैशाख २२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा भाेलि ( जेठ ७ गते, शनिबार) अनलाइनकाे माध्यमबाट भर्चुअल रूपमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गर्न लागेकाे हाे । यसकाे अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् । विशेष साधारण सभा प्रयाेजनका लागि बैंकले वैशाख ३० गते एक दिन बुकक्लाेज गरेकाे छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको