Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सकाे हकप्रदमा पहिलाे दिन कति पर्याे आवेदन ?

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १७ : ४३ मा प्रकाशित

नेपाल फाइनान्सकाे हकप्रदमा पहिलाे दिन कति पर्याे आवेदन ?

नेपाल फाइनान्स लिमिटेडले आज (जेठ ६ गते, शुक्रबार) बाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

सिडिएसका अनुसार कम्पनीकाे हकप्रदमा पहिलाे दिन साँझ ५:३० बजेसम्म ८ सय ७६ जना लगानीकर्ताहरूले ९६ लाख ९ हजार ३ सय रूपैयाँ बराबरकाे ९६ हजार ९३ कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७०  कित्ता सेयरको अनुपातमा प्रति सेयर एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गरेको हो । 

कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, वैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रदमा जेठ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको