विभिन्न ३ वटा वाणिज्य बैंकहरूले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् । प्राइम कमर्सियल बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न सेबाेनमा निवेदन दिएका हुन् ।
प्राइम कमर्सियल बैंक लिमिटेड
बैंकले ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । बैंकले ५ वर्ष अवधि भएकाे वार्षिक १०.१५% प्रतिशत व्याज भएकाे "५ वर्ष, १०.१५% प्राइम डिबेञ्चर, २०८४" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
सिद्धार्थ बैंक लिमिटेड
बैंकले ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख २५ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधि भएकाे वार्षिक १०.७५% प्रतिशत व्याज भएकाे "१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।
बैंक अफ काठमाण्डू लिमिटेड
बैंकले ११ अर्ब रूपैयाँ बराबरकाे ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख २६ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख ६० हजार लाख कित्ता बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक १०.५% प्रतिशत व्याज भएकाे "७ वर्ष, १०.५% बीओके डिबेञ्चर, २०८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस