Like us!
Follow us!
Connect us!
Watch us!

इन्स्योरेन्सका कर्मचारीलाई तनावै तनाव : "मर्जरपछि हाम्राे जागिर के हाेला?"

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, १५ : ०५ मा प्रकाशित

इन्स्योरेन्सका कर्मचारीलाई तनावै तनाव : "मर्जरपछि हाम्राे जागिर के हाेला?"

आजकाल बीमा कम्पनीहरूमा काम गर्ने कर्मचारीहरू काम कम गफ धेरै गर्न थालेका छन् । उनीहरूको आजकल गफको विषय एउटै हुन्छ पछिल्लो समय इन्स्योरेन्स कम्पनीहरूबीच हुन थालेको बिग मर्जर । बीमा कम्पनीहरूले मर्जरको प्रक्रिया अगाडि बढाइरहँदा कम्पनीमा काम गर्ने कर्मचारीहरूलाई भने मर्जरपछि आफ्नो जागिर के होला र भविष्य कस्तो होला भन्ने कुराले तर्साएको छ । नेपाल जस्तो बेरोजगारीले ग्रस्त भएको देशमा सामान्य जागिर पाउन त मुस्किल पर्छ आफूले सोचेको जस्तो जागिर पाउन त झन् सपनाकै कुरा भयो । त्यसैले अहिले इन्स्योरेन्समा काम गर्ने कर्मचारीहरूलाई जागिरको डरले सताएको छ ।

पछिल्लाे समय पूँजी वृद्धिका लागि बीमा समितिले बीमा कम्पनीहरूलाई मर्जरकाे बाटाे खाेलिदिएकाे छ । समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू समेत थपेकाे छ । बीमा समितिकाे चैत्र १० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० कराेड पुर्याउन निर्देशन दिएकाे छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको थियो । 

बीमा समितिले बलियो पूँजी भएका, उच्च जोखिमभार उठाउन सक्ने, गुणस्तरीय सेवा प्रदान गर्ने बीमा कम्पनीहरुको संख्या बढाउने मनसायले धेरैवटा कमजोर कम्पनीहरु हुनुभन्दा बरु संख्या कम होस् बलिया कम्पनीहरुको उपस्थिति होस् भन्ने उद्धेश्यसहित मर्जरलाई जाेड दिइएकाे बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बताउँछन् । 

मर्जरका नाममा १४ कम्पनीको सेयर कारोबार रोक्का : लगानीकर्ताको सम्पत्ति बन्धक !

यतिबेला ५ वटा बीमा कम्पनीले मर्जरका लागि सम्झाैता गरिसकेका छन् । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच वैशाख २२ गते बिहीबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएकाे छ । मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेप्सेमा दुवै कम्पनीकाे सेयर काराेबार नेप्सेमा वैशाख २३ गते, शुक्रबारबाट राेक्का राखिएकाे छ । त्यस्तै, प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफले हालसम्मकै बीग इन्स्याेरेन्स मर्जरका लागि वैशाख २९ गते बिहीबार सम्झाैता गरेका छन् । यी ३ वटै कम्पनीकाे सेयर काराेबार नेप्सेमा जेठ ३ गते, मंगलबारबाट राेक्का गरिएकाे छ । 

यसबाहेक अन्य केही बीमा कम्पनीहरूले पनि साधारण सभा र क्यापिटल प्लान मार्फत् मर्जर प्रस्तावलाई अघि सारिसकेका छन् । यसरी बीमा कम्पनीहरू भटाभट मर्ज हुन थाल्दा कर्मचारीलाई जागिर गुम्ने डरले सताएकाे हाे ।

सेयर बजारमा इन्स्योरेन्स मर्जर आतंक: लगानीकर्ताको लगानी खोस्टा बन्दै 

अफिसमा काम गर्ने समयदेखि लिएर चिया पिउँदा हरेक समय बीमा कम्पनीका कर्मचारीहरूकाे बहसकाे एउटै विषय हुन्छ "मर्जर" अनि सबैकाे मनमा एउटै कुरा खेल्छ "मर्जरपछि हाम्राे जागिर के हाेला?"

याे पनि हेर्नुहाेस् :

बीमा कम्पनीको पूँजी वृद्धि: जेसुकै राखेर भएपनि Capital Plan ल्याउनुहोस |Surya Prasad Silwal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको