Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा इन्स्योरेन्स मर्जर आतंक: लगानीकर्ताको लगानी खोस्टा बन्दै

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, २१ : ४९ मा प्रकाशित

सेयरबजारमा इन्स्योरेन्स मर्जर आतंक: लगानीकर्ताको लगानी खोस्टा बन्दै

सेयर बजार लगानीकर्ताको लागि मंगलबार बिर्सन लायक नै रहयो।  मंगलबार ८४.९० अकंले नेप्से घट्दा धेरे लगानीकर्ता चिन्तित छन्।  यसरी नेप्से घट्नुको कारण विकास बैंकको ब्याज दर बढ्नु एक कारण तर नेप्सेमा पहिरो नै जाने गरेर झर्नुको मुख्य कारण बिमा कम्पनीको मर्जर नीति देखियो।

गत बिहिबार साझ  ३ कम्पनीको मर्जर सम्झौता भयो।  ती कम्पनी थिए प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ। कारोबार समयपछि सम्झौता भएपनि समाचार दिउसो नै फैलिसकेको थियो। बिहिबारको कारोबार हेर्ने हो भने सबै भन्दा धेरै गुमाउने शीर्ष ४ कम्पनी मध्य ३ कम्पनी  प्राईम लाइफ इन्स्योरेन्स,  युनियन लाइफ इन्स्योरेन्स​ र गुराँस लाइफ इन्स्योरेन्स ​लाइफ रहेका थिए।  प्राईम लाइफ इन्स्योरेन्स​को मूल्य ७.६३ प्रतिशतले घट्दा अन्तिम कारोबार ५६९ रुपयाँमा भयो भने युनियन लाइफ इन्स्योरेन्स​को मूल्य ६.९६ प्रतिशतले घट्दा अन्तिम कारोबार मूल्य ५२१ रुपैयाँमा भयो।  तेस्तै गुराँस लाइफ इन्स्योरेन्सको मूल्य ५.८३ प्रतिशतले घट्दा अन्तिम कारोबार ४८५ रुपैयाँमा भएको थियो।अरु दिन सामान्य कारोबार हुने कम्पनीका सेयर बिहिबार ठूलो मात्रामा कारोबार भएको देखिन्छ।  प्राईम लाइफ इन्स्योरेन्सको १ लाख ६४ हजार ६०२ कित्ता , गुराँस लाइफको १ लाख २७ हजार ६५ कित्ता र युनियन लाइफको ६९ हजार ५०४ कित्ता भएको देखिन्छ। 

प्राईम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सका सेयरमा इन्साइडर ट्रेडिङ : नियामक निकाय बेखबर
 

यसरी सेयर मूल्य घट्नुको कारण नै यी कम्पनीको मर्जर बिहिबार नै हुने प्रष्ट सूचनामा कारोबार भएको देखिन्छ।  मर्जर पछि धेरै समय कारोबार रोक्का हुने र नगद फ्रीज हुने भए पछि सूचनाका पहुच भएकाको बिहिबार एकदमै बिक्री दबाव आएकोले मूल्य यसरी घटेको सजिलै बुझ्न सकिन्छ। 

हावा नचली पात हल्लिन भनेकै जस्तो मंगलबार बिहान देखि नै विभिन्न बिमा कम्पनीको मर्जरको हल्लाले सेयर बजारका लगानी त्रषित नै देखिन्थे। कारण मर्जरले गर्दा सेयर कारोबार रोक्का हुनु र लामो समय पैसा फ्रिज हुनु।  येहिँ कारण पनि लगानीकर्ता आफूसंग भएका बिमा कम्पनीको सेयर किन्न  या होल्ड गर्नु भन्दा पनि फाल्नु नै ठिक हो भन्दै फालिएको पाइयो। अनि नेप्सेमा पहिरो त स्वाभिक नै हो। 

रिडी रैराङ्गको मर्जर होस वा हिमालयन ,नेपाल इन्भेस्टमेन्ट वा एन बि बैंकहरु  मर्जरमा गएको कारण लगानीकर्ताको पैसा बजारमा फ्रिज नै भएको छ। आफुलाई आवश्यकता गरेको बेला पनि लगानीकर्ताले सेयर फाल्न नसक्ने अवस्था सिर्जना भएको छ। 

येही विषयमा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले आफ्नो सामाजिक संजालमा यसो लेख्छन -"कस्ले जवाफ दिने हो ? यो विषय सम्बन्धित निकायमा धेरैं पटक भने तर सुनुवाई भएन। आज फेरि लेख्दै छु। एउटा कुरा नि, रोक्नु छेक्न, बाँध्नु अनि कुट्नु मात्र समस्याको समाधान होइन। सबै समस्याको सहज निराकरण छ।

सरकारको नीति बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको अहिलेको संख्या घटाउने रहेको र सो नीतिलाई सके सम्म सहयोग गर्ने मनसायले धेरै संस्था Merger and Acquisition मा गएका छन्। Merger and Acquisition मा सबै लगानीकर्ताको सधै साथ र सहयोग गरिरहँदा अहिले सवै भन्दा बढी पिडा र अन्यायमा लगानीकर्ताहरु परी रहेका छन्। केही यथार्थता घटना र त्यसबाट परेको असरलाई शेयर रोक्का गर्ने निकाय नेपाल स्टक एकसचेन्ज, नेपाल राष्ट्र बैंक, बीमा समिति विद्युत नियमन आयोगले जवाफ दिनु पर्दैन र?

घटना नं १. एउटा सामान्य व्यक्तिले आफूसँग रहेको सानो बचत जुन रकम हिमालयन बैंकको शेयर खरिद गर्याे। उसलाई यो थाहा थियो कि शेयरको लगानी जति खेर पनि बिक्री गरी नगदमा परिवर्तन गर्न सकिन्छ । अहिले खातामा राखी रहनु भन्दा शेयर खरिद गर्दछु। सोही अनुसार उसले आफ्नो बचत रकमले शेयर खरिद गरेको आज एक वर्ष बढी भयो त्यो शेयर रोक्का रहेको। यो बीचमा उसलाई पैसाको आबस्यकता पर्यो त्यो बाहेक अरु सम्पती छैन अब उसको परिवारको उपचार गर्न रकम चाहिएको छ, सामाजिक कार्यको लागि पैसा चाहिएको छ, छोरीको फ्री को किस्ता तिर्नु कलेजले ताकेता गरेको छ। कहींबाट त्यही शेयर धितो राखी कर्जा लिउ रोक्का शेयर राख्न मान्दैनन् । यस्ता समस्या लाखौं लगानीकर्ताका छन। यसलाई कस्ले सम्बोधन गर्ने अनि यी पीडितलाई कस्ले क्षतिपूर्ति दिने।

घटना नं २ गत वर्ष जेठमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एन बि बैंक, राइराङ हाइड्रो, गुराँस लाइफ , प्राइम लाइफ एभरेस्ट इन्स्योरेन्स लगायत कम्पनी धितो राखी रु १० करोड कर्जा लिएकोमा यही सो कर्जाको सीमा ४ करोडमा ल्याउनु पर्ने अवस्था छ तर आज ती मध्येका अधिकाँस शेयर रोक्का छन भने मूल्य घटेर आधा भएको छ। बिक्री गरौं आफू सँग भएका शेयर रोक्का छन नगरौं बैंकको खराब सूचीमा परिदै छ। कर्जा तिर्ने पनि इच्छा छ, सम्पती पनि छ तर विकल्प विहिन छ। नियामकले यसरी विकल्प हिन बनाएर लगानीकर्तालाई विस्थापित गर्न मिल्छ?

१२ वर्ष अघि सामान्य समस्यामा रोक्का गर्न गरिएको व्यवस्था आज खरबको कारोवार रोक्का हुँदा समेत विचार नगर्ने सरोकार निकायबाट दोस्रो बजारमा लगानी गर्ने ५२ लाख DMAT Holder के अपेक्षा गर्ने।

"सरकार, लगानीकर्ता यही देशका जनता हुन। तिनीहरूले गुमाउदा तिम्रो पनि कुल सम्पत्ति घट्छ है"



तेस्तै डाक्टर चिरन्जीवी नेपाल भन्छन जुन बेला यो नीति आयो त्यतिबेला आफूले रोक्का राख्नु आवश्यक ठानेर रोक्काको नीति लिएको भएता पनि अहिलेको बदलिदो सन्दर्भमा कारोबार रोक्का राखिनु आवश्यक नभएको उनले बताए। 'त्यतिबेला बजारको साईज सानो थियो, अहिले बजार निकै ठूलो भईसकेको छ। नीतिहरु समय सान्दर्भिक हुनु पर्दछ। मैले मेरो पालामा बनाएका नियमावलीहरुलाई अहिले पनि लागू गर्नु पर्छ भन्ने छैन।  आवश्यकताअनुसार परिवर्तन गर्नुपर्छ। भैदियो के भने त्यतिबेला राष्ट्र बैंकले जस्तो नीति बनायो त्यसलाई बिमा समितिले हुबहु कपी गर्यो। जुन अनावश्यक थियो। हामीले त्यतिबेला इन्साइडर ट्रेडिङ्ग नहोस, सेयर बजारमा अवाञ्छित खेलहरु नहुन भन्ने हिसाबले एमओयु गरिसकेपछि सेयर कारोबार रोक्का राख्नुपर्छ भन्ने नियम बनाएका हौं। अब धितोपत्र बोर्डलाई अझ धेरै पावर दिएर बजारमा अवान्छित कृयाकलापहरु हुनबाट रोक्नुपर्छ र यो कारोबार रोक्का हुने नियम हटाइनुपर्छ।' 

यस्तो नीतिका कारण लगानीकर्ताको पैसा भने खोस्टा झैँ सेयरबजारमा जलिरहेको छ तर नियामकको आँखा भने चिम्मै गरि बसेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको