Like us!
Follow us!
Connect us!
Watch us!

कहाँ हराए जनतालाई लगानीकर्ता बनाउने विश्लेषक ?

धिरज पौड्याल

सोमबार, ०९ जेठ २०७९, १३ : ३८ मा प्रकाशित

कहाँ हराए जनतालाई लगानीकर्ता बनाउने विश्लेषक ?

२०२१ अगस्ट १९ मा ३२२७ मा पुगेको बजार त्यसपश्चात् निरन्तर रूपमा गिरावट आई रह्यो। डिसेम्बर २१ सम्म आइपुग्दा बजारले २२८० को बटम बनायो र बजारमा वृद्धि देखिन थाल्यो। जनवरी १८ मा बजार २९५८ को विन्दुसम्म पुग्यो र त्यसपछि निरन्तर रूपमा गिरावट देखिन थाल्यो। 

आज यो लेख तयार पार्दासम्म बजार २२१३ मा कारोबार भइरहेको छ। जनवरी १८ देखि आजसम्म आइपुग्दा ७४५ अङ्कको गिरावट यो छोटो समयमा देखिएको छ। 

सेयरको मूल्यमा घट बढ हुनु सेयर बजारको सुन्दरता हो। लकडाउनको समयमा सबै नेपालीहरु घरमै बसिरहेको बेला र लगानीको अन्य अवसर बन्द रहेको बेला सबैको लगानीको प्रिय क्षेत्र बन्यो सेयर बजार।

लकडाउनको समय नेपालको सेयरबजार पिकमा थियो। घरमा बसिरहेका जनतालाई लगानीकर्ता बनाउन ठूलो भूमिका खेलेका थिए विश्लेषक र मिडियाले । घर बेचेरै सेयरमा लगानी गर्नुस् भन्नेदेखि कमाउने क्षेत्र सेयरबजार नै हो भनी प्रचार गरियो। 

अहिले नेपालको सेयरबजारमा करिब ५२ लाख लगानीकर्ताहरु प्रत्यक्ष रूपमा जोडिएका छन्। धेरै नेपाली हरूको पैसा सेयरबजारमा लगानी रहेको छ। सेयरबजारमा चमक देखेर लगानी गरेका लगानीकर्ता अहिले दोधारमा परेका छन्। 

सेयर बजारमा घर नै बेचेर लगानी गर्नुहोस् भनी सार्वजनिक रुपमा नै प्रचार गर्दा आम जनमानसमा सेयर बजारमा लगानी गर्न मन लाग्नु स्वभाविक नै हो। 

दुवै पक्षलाई हेर्ने हो भने विश्वव्यापी रुपमा नै लगानी गर्नु राम्रो बानीको रूपमा लिने गरिन्छ, तर पर्याप्त ज्ञान बिनानै गरिने लगानी हानिकारक छ भनी प्रमाणित गरिरहनु पर्ने विषय भने पक्कै हैन । लहै लहैमा लागेर कुरा पछ्याउने, नानीदेखिको बानी छोड्न गारो हुन्छ भनेझै कतै किन्ने अवसर गुम्ने हो कि भन्ने कुराले गर्दा लहै लहैमा लागेर लगानी गर्ने संख्या पनि उच्च देखियो। 

केही व्यक्तिहरू सार्वजनिक रुपमा नै यो कम्पनी किन्नुहोस् भनी प्रचारबाजी गर्दा धेरै लगानीकर्ताले त्यो सेयर खरिद गरेको र पछि प्रचार गर्ने व्यक्ति नै त्यस सेयरको संस्थापक सेयर बेचेको कुरा सर्वविधित नै छ । केही लगानीकर्तासँग बुझ्दा लगानीका मुख्य गल्ती लहै लहैमा लागेर लगानी गर्नु तथा दिर्घकालिन लगानीको योजना नबनाई लगानी गर्दा घाटा व्यहाेर्नुपरेको उनी बताउँछन् । 

लगानी गर्दा लगानीकर्तालाई अन्य व्यक्तिका कुराहरूलाई सुन्नु भन्दा पनि आफूले योजना र रणनीति तयार पारी लगानी गर्नु अवश्य हुन्छ । लगानी गर्दा ख्याल गर्नुपर्ने केही बुँदाहरू तल उल्लेख गरिएका छन् :

- धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले व्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

- आफुले सेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् ।

- धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।

- धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र व्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको