Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको ‘फ्लेक्सी क्याप फण्ड’मा जेठ १९ गतेदेखि आवेदन दिन सकिने

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ०६ : १४ मा प्रकाशित

एनआईसी एशिया बैंकको ‘फ्लेक्सी क्याप फण्ड’मा जेठ १९ गतेदेखि आवेदन दिन सकिने

एनआईसी एशिया बैंकले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तरगत सञ्चालन हुने फ्लेक्सी क्याप फण्ड म्युचुअल फन्डको जेठ १९ गतेदेखि  निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । निष्कासन बन्द छिटोमा जेठ २४ गते हुनेछ भने ढिलोमा असार २ गते हुनेछ ।

योजनाले १० करोड इकाइ बीज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धकका लागि सुरक्षित गरी सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइ निष्कासन गर्नेछ । यस योजनाको कोष प्रवद्र्धक एनआईसी एशिया बैंक रहेको छ ।

यस योजनाको अवधि ७ वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको