Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थमा कर पुनरवलोकनको प्रस्ताव अर्थ मन्त्रालयमा

पत्रपत्रिका

मंगलबार, १० जेठ २०७९, ०६ : २२ मा प्रकाशित

पेट्रोलियम पदार्थमा कर पुनरवलोकनको प्रस्ताव अर्थ मन्त्रालयमा

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा नै दुई पटक मूल्य वृद्धि गरी प्रतिलिटर पेट्रोल १८०, डिजेल र मट्टितेल १६३, हवाई इन्धन १६६ (आन्तरिक) र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ पु(याएपछि यस्तो दबाब बढेको हो । 

आमउपभोक्तामा मूल्य वृद्धिले पारेको असर कम गर्न पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने वा स्वचालित मूल्यमा नै दर निर्धारण गर्ने भन्ने पनि सरकारका लागि कठिन कार्य बनेको छ तर कर छुटको विकल्पमा मात्र जाने हो भने सरकारको राजस्वमा कमी आई अर्थतन्त्रमा अर्को असर पर्ने  देखिन्छ ।

त्यसैले तत्कालीन समस्या समाधान गर्दा त्यसले पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावको अध्ययन गर्नु आवश्यक हुन्छ । नेपालका लागि उपभोगमा कटौती र विद्युतीय ऊर्जा प्रवद्र्धन र उपभोग बढाउनु दीर्घकालीन रूपमा हितकर हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थलाई त्यस्तो सुझाव दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि कर व्यवस्थामा पुनरवलोकनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

कर छुट दिएर परल मूल्यमा नै उपभोक्तालाई उपलब्ध गराउनुपर्ने माग निजी क्षेत्रलगायत आयल निगमको पनि छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पेट्रोलियम पदार्थको परल मूल्यमा जानुको विकल्प नरहेको बताए ।

“तत्कालका करमा छुट गर्न भनेका छौँ”, उनले भने– “तर यसले दीर्घकालीन समाधान नहुने भएकाले अहिले जतिसक्दो इन्धन खपत घटाउनु उत्तम हो ।” निगम आर्थिक सङ्कटमा परेकाले नियमित रूपमा आपूर्ति सहज पार्न मूल्य वृद्धि गर्नु बाध्यता रहेको उनले बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि कर व्यवस्थामा पुनरवलोकनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले कर छुटको प्रस्ताव पठाएको भए पनि तत्कालका लागि इन्धन खपत कम गर्नुको विकल्प नरहेको बताए । विद्युतीय उपकरणको प्रयोग बढाउने, विद्युुत् महसुलमा छुट दिएर इन्धन खपत घटाउनुको विकल्प नभएको उनको भनाइ छ । 

नेपाल–भारत खुला सिमानाका कारण पनि इन्धनको भाउले खपतमा प्रभाव पार्ने गरेको छ । प्रायःजसो भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम हुँदा नेपालबाट भारतमा तस्करी हुने गर्दथ्यो । त्यसले पनि नेपालको अर्थ व्यवस्थामा अर्को समस्या सिर्जना गरेको थियो तर नेपालमा भएको हालैको मूल्य वृद्धिपछि भने भारतभन्दा नेपालमा मूल्य बढी भएको छ । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको