Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण शुरू गरेको १७ वर्षपछि बन्चरेमा फोहोर विसर्जन

पत्रपत्रिका

बुधबार, ११ जेठ २०७९, ०६ : ५४ मा प्रकाशित

निर्माण शुरू गरेको १७ वर्षपछि बन्चरेमा फोहोर विसर्जन

सरकारले बन्चरे डाँडा ल्यान्डफिल निर्माण शुरू गरेको १७ वर्षपछि मंगलबार बिहानबाट बल्लबल्ल फोहोर बिसर्जन गर्न शुरू भएको थियो। तर ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको तीन घण्टा पनि बित्न नपाउँदै प्रहरी र स्थानीयबीच हात हालाहाल भयो।

 

ल्यान्डफिल साइट पूर्ण रूपमा तयार नभइकनै सुनियोजित रूपमा बन्चरे ल्यान्डफिलमा फोहोर विसर्जन गरेको भन्दै स्थानीयले आन्दोलन गरेपछि प्रहरी र स्थानीयबीच झगडा भएको हो। शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निर्देशनपछि बिहान ५ सय सुरक्षाकर्मीको घेरामा सय ट्रक फोहोर बन्चरेडाँडामा बसालिएको थियो।

ल्यान्डफिल साइटको स्थानीय निकायका प्रतिनिधिसँग सल्लाह नगरी जबर्जस्ती फोहोर खसाल्न ल्याएकोमा आपत्ति जनाए । धुनिवेशी नगरपालिकाका नवनिर्वाचित मेयर बालकृष्ण आचार्यले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर मात्र फोहोर विसर्जन गर्नुपर्ने बताए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको