Like us!
Follow us!
Connect us!
Watch us!

काठमांडौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ऐतिहासिक जित नजिक

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १० : १६ मा प्रकाशित

काठमांडौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ऐतिहासिक जित नजिक

काठमांडौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह(बालेन) जित नजिक पुगेका छन् । काठमांडौका ३२ वटा वडाहरु मध्य २७ वटा वडाको मतगणना सम्पन्न भएको छ भने ५ वटा वडाहरुको मतगणना जारी छ ।

हालसम्म कुल १ लाख ६८ हजार ४८७ मत गणना भएको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह  ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत मत प्राप्त गरेकी छन् । दोस्रो स्थानमा रहेकी र्सिजनाभन्दा बालेन २० हजार ११० मतले अगाडी छन् । 

अब जम्मा २२ हजार ५६४ मतमात्र गणना हुन बाँकी छ । गणना भइरहेको ५ वडाहरु मध्य ४ वडामा बालेन कै अग्रता छ । त्यसैगरी बदर मतलाई हेर्ने हो भने पनि अब गणना हुने मत कुनै एक मात्र उम्मेदवारले प्राप्त गरेमा पनि उनको जित निष्चितजस्तै देखिएको छ । अहिले गणना भइरहेका वडाहरुको मतलाई आधार मान्ने हो भने बालेन भारी मतका साथ काठमांडौको मेयरमा निर्वाचित हुने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको