समृद्धि फाइनान्स लिमिटेडले आफ्नो सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । फाइनान्सले सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र फाइनान्सको केन्द्रिय कार्यलयमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् । सेयर किन्न इच्छुक सेयरधनीहरुले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ ।
साथै, संस्थापक सेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको समयभित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिहरुलाई संस्थापक समूहमा रहने गरी बिक्री प्रक्रिया अगाडी बढाइने फाइनान्सले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस